शुक्रबार, पुष ४, २०८२

तोलामा दुई हजार रुपैयाँले घट्याे सुनको मूल्य

नेपालखोज २०८२ पुष ४ गते ११:०८

काठमाडौं । स्थानिय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको हाे ।

छापावाल सुनको मूल्य आज तोलाको दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम छ । छापावाल सुन बिहीबार प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार पाँच रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया