निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन् ।
नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए।
निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सरकारको भएको जनाउँदै उनले संसद् पुनःस्थापनाको हल्ला चिरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले संसद् पुनःस्थापनाको बाटो सहज नभएको बताउनुभयो । संयोजक दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सुशासनको पक्षमा लड्ने, उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायको पहिचान र अधिकारका लागि योगदान गर्नेे नै जेनजी पुस्ताको अभिभावक र प्रतिनिधि भएको बताए ।
देशको वाम इतिहासमा आफूहरुले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उनले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरे ।








प्रतिक्रिया