आइतबार, पुष ६, २०८२

अधिक तरलता नियन्त्रणको सकस, ८४ दिनको लागि पुन २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

नेपालखोज २०८२ पुष ६ गते १३:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह दुई बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुुने अवधि ८४ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती चैत्र एकं गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया