लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली घोराहीमा
नेपालखोज
२०८२ पुष ६ गते १९:५७

घोराही (दाङ) । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ । बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्याली बर्दिया, दाङको तुलसीपुर हुँदै आज घोराही आइपुगेको हो ।
र्यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव कैलाश रोकालगायतले स्वागत गरे ।
घोराही बजार परिक्रममा गर्दै र्याली घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत क्रिकेट मैदानमा पुगेर समापन गरिएको थियो ।
सम्बन्धित








प्रतिक्रिया