गृहमन्त्री अर्यालद्वारा सानोठिमीस्थित बाल सुधार गृहको निरीक्षण

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहको निरीक्षण गरेका छन् । हिजो मात्रै नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गर्न पुग्नु भएका गृहमन्त्री अर्यालले आज भक्तपुरमा रहेको बाल सुधार गृहको अवलोकनका साथै समग्र त्यहाँको बस्तुस्थितबारे जानकारी लिनुभएको गृहमन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
निरीक्षणका दौरान मन्त्री अर्यालले त्यहाँ रहेको बाल बन्दीहरूको कक्षा कोठा, उनीहरूको दैनिक जीवनयापन र खानपान र बस्ने व्यवस्थाबारे सुधार गृहका अधिकारीसँग जानकारी लिएका थिए । यस्तै मन्त्री अर्यालले त्यहाँ रहेका १८ वर्षमाथि पुगेका बालबिझ्याईकर्ता तर उनीहरूको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे पनि बुझ्नु भएको सचिवालयले जनाएको छ । भक्तपुरको बाल सुधार गृह यूसेफ नेपाल अन्तर्गत चलिरहेको छ ।
’निशान छाप’ का निर्माणकर्ता गौतमलाई भेट्न निवासमा
यस्तै आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ’निशान छाप’ चिन्हको निर्माण गरेका तथा हाल अस्वस्थ रहेका हिमालय गौतमलाई उनकै निवास ललितपुरको इमाडोल पुगेर भेट गरेका छन् । भेटमा मन्त्री अर्यालले गौतमको परिवारसँग कुराकानी गर्दै गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया