सोमबार, पुष ७, २०८२

इसेवाबाट सबै प्रकारका बीमा योजना खरिद अब झन् सहज र लाभदायक

नेपालखोज २०८२ पुष ७ गते १४:५४

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिदलाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताहरूले इसेवाबाट बिमा योजना खरिद गर्दा स्मार्ट वाच तथा स्मार्ट टिभी जित्न सक्ने छन् ।

यो अफर पौष १ गतेदेखि पौष ३० गतेसम्म सञ्चालन हुने इसेवाले जनाएको छ । यस अवधिमा इसेवा एपमार्फत जीवन बिमा, स्वास्थ्य बिमा, गैरजीवन बिमा, व्यवसाय तथा मोटर बीमा योजना खरिद र ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ता स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्ने छन् । इसेवा एपमार्फत यी बीमा योजनाहरू घरमै बसी बसी केही क्लिकमै खरिद गर्न सकिने छ ।

यो अफर अन्तर्गत हरेक हप्ता इसेवामार्फत बीमा खरिद गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टवाच जित्ने अवसर पाउने छन् भने अफर अबधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिने छ । विजेताको छनौट लक्की ड्रमार्फत गरिने छ ।

डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिदलाई छिटो, सुरक्षित र झन्झटमुक्त बनाएको इसेवाले जनाएको छ । यस अफर मार्फत इसेवाले प्रयोगकर्तालाई डिजिटल रूपमा बीमा योजना खरिद गर्न प्रोत्साहन गर्नुका साथै प्रयोगकर्ताको आर्थिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया