मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर (धनुषा) । राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
मधेस प्रदेशका प्रमुखको कार्यालय जनकपुरधामस्थित आज एक कार्यक्रमबीच राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८१र८२ मा सम्पादन गरेका कामकारबाही समेटिएको पाँचौँ वार्षिक प्रतिवेदन मधेस प्रदेशप्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पेस गरिएको हो ।
आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन पेस गरे । प्रतिवेदनमा दलित समुदायको हकहित, संरक्षण, सशक्तीकरण तथा आयोगले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, अनुसन्धान, अनुगमन र सिफारिस समेटिएको छ ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेशप्रमुख कर्णले संविधानले प्रत्याभूत गरेका समानता र सामाजिक न्यायका अधिकार व्यवहारमा कार्यान्वयन गर्न आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए








प्रतिक्रिया