पर्यटनको विकासका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक रहेको बताएका छन् । ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उनले पर्यटन क्षेत्र नेपालमा रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्त्वपूर्ण आधार रहँदै आएको बताए ।
अध्यक्ष ढकालले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताए । पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको र यसले महिलालाई आत्मनिर्भर बन्न सघाउन पु¥याएको चर्चा गर्दै अध्यक्ष ढकालले महासङ्घले महिलाको उद्यमशीलता विकास तथा नेतृत्व विकसमा थुप्रै नीतिगत सुधार गरेको उल्लेख गरे ।
उनले नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिँदै अब आन्तरिक पुँजी परिचालन गरेर पूर्वाधार निर्माण तथा अन्य उद्यमशील काम गर्न सकिने धारणा राखे ।
सोही सोचका साथ महासङ्घको पहलमा रु १० अर्बमा नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहेको जानकारी दिँदै अध्यक्ष ढकालले आन्तरिक बचतलाई एकीकृत गर्न तथा उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्था गर्न कम्पनीले सहयोग गर्ने बताए ।








प्रतिक्रिया