आकर्षक छुट र सुविधासहित हुन्डाई नेपालले ल्यायो ‘विन्टर डिलाईट’ अभियान
काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “हुन्डाईन विन्टर डिलाईट“ अभियान सुरु गरेको छ । २५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइने कम्पनीको भनाई छ ।
यस अभियान अन्तर्गत, ग्राहकहरुले रु. ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा रु. १ लाख सम्मको नया वर्ष बोनस प्राप्त गर्न सक्नेछन् । यसका साथै, १ वर्षको निःशुल्क बीमा सेवा र निःशुल्क सडक करको पनि लाभ लिन सकिनेछ । हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
देशभर रहेका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको भरपूर लाभ लिन हुन्डाई नेपाल आफ्ना ग्राहकहरूलाई हार्दिक आमन्त्रण गर्दछ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. द्वारा संचालित यस योजनाले आकर्षक छुट र सुविधाहरु मार्फत ग्राहकहरुलाई हर्ष र उमङ्ग बाँड्ने प्रयास गरेको छ। विगतमा जस्तै भविष्यमा पनि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले सदैव आफ्ना ग्राहक प्रति सहज सुविधा र मैत्री अनुभव प्रदान गर्ने दृढ संकल्प लिएको छ ।








प्रतिक्रिया