नेप्से २५ सय ८५ अंकमा, सातामा १४ अर्ब ६९ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से परिसुचक २५ सय ८५ दशमलव ८७ बिन्दुमा कायम भएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४८ दशमलव ५३ बिन्दुमा कायम भएको छ ।
यो साता तीन सय ४५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ९१ हजार चार सय दुई पटकको कारोबारमा तीन करोड ५३ लाख ६० हजार पाँच सय २५ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १४ अर्ब ६९ करोड ९२ लाख चार हजार नौं सय ९४ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच अर्ब रुपैयाँले कम हो । गत साता तीन सय ३२ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जस अनुसार दुई लाख ९४ हजार २४ पटकको कारोबारमा चार करोड ६७ लाख २३ हजार छ सय ६३ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ३७ करोड ५१ लाख ३४ हजार छ सय ५४ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन ओरालो लागेको नेप्से बाँकी दुई कार्यदिन उकालो लागेको थियो ।
दैनिक सेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक १९ दशमलव ९२ अंकले ओरालो लागेर दुई हजार पाँच सय ९५ दशमलव १० बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९६ अंकले ओरालो लागेर चार सय ४८ दशमलव २६ बिन्दुमा झरेको थियो ।
दोस्रो दिन पनि नेप्से परिसुचक १३ दशमलव ८८ अंकले ओरालो लागेर दुई हजार पाँच सय ८१ दशमलव २१ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २५ अंकले ओरालो लागेर चार सय ४६ दशमलव एक बिन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसुचक तीन दशमलव २७ अंकले उकालो लागेर दुई हजार पाँच सय ८४ दशमलव ४९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंकले उकालो लागेर चार सय ४७ दशमलव ५८ बिन्दुमा चढेको थियो ।
चौंथो दिन नेप्से परिसुचक पाँच दशमलव एक दशमलव ३७ अंकले उकालो लागेर दुई हजार पाँच सय ८५ दशमलव ८७ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९४ अंकले उकालो लागेर चार सय ४८ दशमलव ५३ बिन्दुमा चढेको थियो । पाँचौ दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा ङादी ग्रुप पावर लिमिटेड, एसवाई प्यानल आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड अगाडि परेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।








प्रतिक्रिया