शुक्रबार, पुष ११, २०८२

युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने

नेपालखोज २०८२ पुष ११ गते २०:१७

किएभ । रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै हप्ताको अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले शुक्रबार बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले सञ्चारमाध्यमलाई दिएको जानकारीमा भने-, ‘यो हप्ताको अन्त्सम्म वा आइतवारसम्म फ्लोरिडामा हामी राष्ट्रपति ट्रम्पसँग बैठक गर्नेछौँ।’ अमेरिका–युक्रेन वार्ताको पछिल्लो चरणले युद्ध अन्त्यका लागि २० बुँदे योजना तयार पारेको छ र यो प्रस्ताव अध्ययनका लागि मस्को पठाइएको छ ।

जेलेन्स्कीले भने, ‘हामी यी कागजात र सुरक्षा सुनिश्चितताबारे छलफल गर्नेछौँ ।’ ‘संवेदनशील मुद्दाहरूको लागि, हामी डोनबास र जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको बारेमा छलफल गर्नेछौँ र हामी निश्चित रूपमा अन्य मुद्दाहरूमा पनि छलफल गर्नेछाैं’ उनले थपे ।

जेलेन्स्कीले यस हप्ता भने, ‘प्रस्तावमा समावेश भएका एकाध बिषयमा किएभ र वाशिङ्गटनबीच अझै पनि असहमति रहेको छ ।’ किएभले पछिल्लो योजनामा केही सहुलियतहरू प्राप्त गरेको छ । यससँगै रूसी सीमा क्षेत्रबाट सेनाफिर्ता गर्ने र किएभलाई नेटोमा सामेल हुने आफ्नो बोली कानुनी रूपमा त्याग्ने आवश्यकता हटाउने कुरा प्रस्तावमा राख्न सफल भएको छ यद्यपि । यो सको सहमतिमा भने भएको होइन ।

युक्रेनी नेताले यो योजनाले अन्ततः पूर्वी डोनेट्स्क क्षेत्रमा आफ्ना सेनाहरू फिर्ता लिने र एक असैन्यीकृत क्षेत्र स्थापना गर्ने बाटो खोल्ने सङ्केत गरे । क्रेमलिनका विदेश नीतिका सहयोगी युरी उशाकोभले अमेरिकी अधिकारीसँग टेलिफोन वार्ता गरेको र वार्ताबारे छलफल गरेको क्रेमलिनले शुक्रबार जनाएको छ ।

यसले वार्ताबारे विस्तृत रूपमा बताएको छैन र पछिल्लो योजनाको बारेमा आफ्नो स्थिति सङ्केत गरेको छैन । मस्कोले अहिलेसम्म युक्रेनलाई डोनबासको पूर्वी क्षेत्रबाट पूर्ण रूपमा फिर्ता लिनु र नाटोमा सामेल हुने प्रयासहरू अन्त्य गर्नु पर्ने आफ्नो कडा क्षेत्रीय मागहरू त्याग्न थोरै झुकाव देखाएको छ ।

मस्कोले पश्चिमा देशहरूले युक्रेनमा शान्ति सेना तैनाथ गर्न नपाउने र व्यापक राजनीतिक र सैन्य प्रतिबन्धहरू पनि लगाउन चाहन्छ तर यसलाई किएभले यो आत्मसमर्पणको समान भएको बताउने गरेको छ । -रासस/एएफपी

प्रतिक्रिया