एमालेको सचिवालय बैठक बस्दै, समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रूप दिने

नेपालखोज २०८२ पुष १३ गते १०:१६

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे बैठक बस्न लागिएको हो ।

बैठकको मुख्य उद्देश्य आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रूप दिने रहेको छ ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज र भोलिभित्रै राजनीतिक दलहरूले ११० जना उम्मेदवारहरूको बन्द सूची बुझाइसक्नुपर्ने भएकाले एमालेले आजको बैठकबाट यसलाई टुङ्गो लगाउन लागेको हो ।

यस बैठकले समानुपातिक सूचीका अतिरिक्त महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन समेत टुङ्ग्याउनेछ ।

प्रतिक्रिया