उच्च अंकले बढ्यो नेप्से, ४७ अंकले बढ्दा पाँच अर्ब ५३ करोडको सेयर कारोबार

नेपालखोज २०८२ पुष १३ गते १५:२९

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ४७ दशमलव ५५ अंकले बढेर २६ सय ३३ दशमलव ४२ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव २५ अंकले बढेर चार सय ५६ दशमलव ७८ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको ८९ हजार दुई सय ५१ पटकको कारोबारमा एक करोड ३४ लाख ६८ हजार एक सय ४५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचकम २२ दशमलव ५३ अंकले बढेर १३ सय ७२ दशमलव ४७ अंकमा पुगेकोमा विकास बैंक समूहको सुचक पनि एक सय २१ दशमलव ५५ अंकले बढेर ५४ सय ३० दशमलव ३३ अंकमा पुगेको छ ।

फाइनान्स समुहको सुचक पनि ६१ दशमलव १७ अंकले बढेर २३ सय २२ दशमलव ११ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक पनि ६५ दशमलव शून्य तीन अंकले बढेर ३३ सय ५७ दशमलव ९७ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि दुई सय ४७ दशमलव १६ अंकले बढेर १३ हजार ७१ दशमलव ७६ अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ८३ दशमलव ८५ अंकले बढेर १० हजार नौं सय ७८ दशमलव ६८ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ९४ दशमलव ३२, दुई, एक सय ५५ दशमलव ३२, ६७ दशमलव ३२, शून्य दशमलव १९, ५९ दशमलव २४ र २७ दशमलव ५७ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिड सोलु हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने युनियन हाईड्रोपावर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया