एमालेको सचिवालय बैठक सुरु
नेपालखोज
२०८२ पुष १३ गते १६:५९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही पुस १३ र १४ गते समानुपातिकको बन्द सूची पेस गर्न समय निर्धारण गरेका सन्दर्भमा बैठकमा छलफल हुने जनाइएको छ ।
एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित भएपछि यो पहिलो सचिवालय बैठक हो । बिहान ११ः०० बजे बस्नेगरी तय भएको बैठक सयम परिवर्तन भई २ः३० बजे बसेको हो ।
महाधिवेशनपछि यही पुस ५ गतेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनलगायतको अधिकार सचिवालयलाई दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया