डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
नेपालखोज
२०८२ पुष १३ गते १९:५८

काठमाडौं । राष्ट्रियसभा सदस्य एवं स्रष्टा डा अञ्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीतभित्र’ बजारमा आएको छ ।
‘शिरीष’, ‘रोज’, ‘बहार’, ‘श्रष्द्रापुष्प’ ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य एक दर्जन ‘कलेक्सन एल्बम’मा गीत गाएकी शाक्यले करिब २२ वर्षपछि यो नयाँ म्युजिक भिडियोसहितको गीत ल्याए ।
इजरायलका लागि पूर्वनेपाली राजदूत डा शाक्यले इञ्जिनीयर सञ्जय शाक्यको शब्द रचनामा ‘मेरो गीतभित्र’ रेकर्ड गराउनुभएको हो । यसमा हरिशरण सायमीले ‘म्युजिक एरेन्ज’ गरेका छन् ।
कलाकार सरोज खनाल र पूर्वमिस नेपाल उषा खड्गीको अभिनय रहेको गीतमा डा शाक्यको स्वर रहेको छ भने सङ्गीत डा शाक्य र इञ्जिनियर सञ्जयको रहेको छ ।
देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् । शनिबार मात्रै युट्युवमा अपलोड गरिएको यो म्युजिक भिडियो हालसम्म करिब आठ हजारले हेरिसकेका छन् ।
सम्बन्धित

प्रतिक्रिया