विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को पाँचौं संसोधन सार्वजनिक

नेपालखोज २०८२ पुष १४ गते १९:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को पाँचौं संसोधन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने, विदेशमा लगानीको नियमनद्ध लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न एवम् आर्थिक क्रियाकलापहरू सहज रूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न वाञ्छनीय भएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले विनियमहरू बनाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

विनियम अनुसार “ऋणको स्रोत” भन्नाले विदेशी ऋणदाता संस्थाको हकमा संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित खुद सम्पत्ति वा बैंक मौज्दातलगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमा सम्झनु पर्छ । तर, अमेरिकी डलर १० लाख वा सोबराबरको विदेशी मुद्राभन्दा कम रकमको ऋणको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन । त्यस्तै, विदेशी ऋणदाताले पेश गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाण सहित सञ्चालक समिति÷उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन । विदेशी ऋणदाता प्राकृतिक व्यक्ति भएको अवस्थामा निज र÷वा निजको परिवारकोे सदस्यको स्वामित्वमा रहेको खुद सम्पत्ति वा बैंक मौज्दातलगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमालाई पनि ऋणको श्रोतकोरुपमा उल्लेख गरिएकोछ ।

‘प्रविधि हस्तान्तरण’ भन्नाले उद्योग र विदेशी लगानीकर्ताबीच वा नेपालमा स्थापना भई सञ्चालनमा रहेको उद्योग वा कम्पनी र विदेशस्थित उद्योग, फर्म वा कम्पनीबीच देहायको विषयमा सम्झौता गरी गरिने प्रविधि हस्तान्तरण सम्झनुपर्छ । विनियम अनुसार विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सो बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुने छैन । तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व, अनुसूची–२ को ढाँचामा एकाईमा लिखित जानकारी दिनु पर्नेछ । यसैगरी नेपाल भित्रिएको विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थाले अनुसूची–३ बमोजिमका कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी, उद्योग, वा सम्बन्धित विदेशी लगानीकर्ताको खातामा जम्मा गर्नेछ ।

विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृति अन्र्तगत भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० तथा दफा २६ का व्यवस्थाहरू बमोजिम सर्तहरुको अधिनमा रहेर विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरुले मुद्रा सटहीको सुविधा दिन सक्ने छन् । यस अन्र्तगत विदेशी लगानीको शेयर बिक्रीबाट प्राप्त रकम, विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम, उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसन पश्चात सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम, प्रविधि हस्तान्तरण सम्झौता अन्र्तगत प्राप्त लाभ (रोयल्टी) बापतको रकम रहेका छन् । तर, शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योग बाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको ट्रेडमार्क उपभोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभ बापतको रकम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ बमोजिम हुनेछ ।

प्रतिक्रिया