इन्धनकाे मूल्य घट्याे
नेपालखोज
२०८२ पुष १६ गते २१:०४

काठमाडौं । नेपाल आयल निगमले इन्धनकाे मूल्य घटाएको छ । बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ घटाइएको हो ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको निगमले जनाएको छ ।
एलपी ग्याँसको मूल्य बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर बिक्री मूल्य यथावत् राखिएको जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया