नेप्से २६ सय २० दशमलव ९२ बिन्दुमा, सातामा २० अर्ब १५ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८२ पुष १८ गते १४:०८

काठमाडौं । यो साता नेप्से परिसूचक २६ सय २० दशमलव ९२ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५४ दशमलव २९ बिन्दुमा कायम भएको छ ।

नेप्सेमा यो साता तीन सय ४२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ८७ हजार एक सय ८७ पटकको कारोबारमा चार करोड ५६ लाख पाँच हजार ११ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २० अर्ब १५ करोड ४९ लाख ११ हजार छ सय १८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा छ अर्ब रुपैयाँले कम हो ।

गत साता तीन सय ४५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ९१ हजार चार सय दुई पटकको कारोबारमा तीन करोड ५३ लाख ६० हजार पाँच सय २५ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १४ अर्ब ६९ करोड ९२ लाख चार हजार नौं सय ९४ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये पहिलो र चौथो दिन बढेको नेप्से दोस्रो र पाँचौं दिन घटेको थियो भने तेस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक ४७ दशमलव ५५ अंकले उकालो लागेर दुई हजार छ सय ३३ दशमलव ४२ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव २५ अंकले उकालो लागेर चार सय ५६ दशमलव ७८ बिन्दुमा चढेको थियो ।

दोस्रो दिन भने नेप्से परिसुचक १० दशमलव ५३ अंकले ओरालो लागेर दुई हजार छ सय २२ दशमलव ८८ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ३१ बिन्दुमा झरेको थियो ।

तेस्रो दिन सार्वजनिक बिदा परेको थियो भने चौंथो दिन नेप्से परिसुचक १० दशमलव ८७ अंकले उकालो लागेर दुई हजार छ सय ३३ दशमलव ७६ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४२ अंकले उकालो लागेर चार सय ५६ दशमलव ७३ बिन्दुमा चढेको थियो ।

पाँचौं कारोबार दिन भने नेप्से परिसुचक ११ दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार छ सय २० दशमलव ९२ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४३ अंकले ओरालो लागेर चार सय ५४ दशमलव २९ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा एसवाई प्यानल नेपाल, ङादी ग्रुप पावर लिमिटेड, आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड अगाडि परेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया