भेनेजुयला–अमेरिका तनाव : उपराष्ट्रपतिले अन्तरिम राष्ट्रपतिको भूमिका निर्वाह गर्नुपर्ने फैसला
नेपालखोज
२०८२ पुष २० गते ९:०९

काठमाडाैं । भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको भूमिका निर्वाह गर्नुपर्ने फैसला गरेको छ ।
रोयटर्सका अनुसार, भेनेजुएलाको उच्च अदालतले पहिले भनेको थियो कि डेल्सी रोड्रिगेजलाई यो जिम्मेवारी तोक्नु ‘प्रशासनिक निरन्तरता कायम राख्न र देशको रक्षा सुनिश्चित गर्न’ आवश्यक छ ।
अदालतले राष्ट्रपतिको जबरजस्ती अनुपस्थितिको अवस्थामा देशको निरन्तरता, सरकारी सञ्चालन र सार्वभौमिकताको रक्षा गर्न कुन कानुनी रूपरेखा लागू हुनेछ भनेर निर्धारण गर्न यस विषयमा थप छलफल गर्ने पनि बताएको छ । बीबीसी
सम्बन्धित

प्रतिक्रिया