पूर्वप्रधानमन्त्री खनाललाई पुनः नागरिकता प्रमाणपत्र
नेपालखोज
२०८२ पुष २० गते १८:३४

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज नागरिकताको प्रमाणपत्र प्राप्त पुनः प्राप्त गरेका छन् ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री खनालको निवासमा आगजनीका कारण नागरिकतासँगै महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए ।
नष्ट भएको नागरिकता पुनः प्राप्त गर्न उहाँ आज जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । सो अवसरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलको टोलीले पूर्वप्रधानमन्त्री खनाललाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया