चिसोका कारण मर्न थाले माछा

नेपालखोज २०८२ पुष २१ गते १३:०१

पाल्हीनन्दन (नवलपरासी) । अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए ।

उनले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आएका छन् । उनका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन् । चिसो कारण माछाले दाना पनि खान छोडेको उनको भनाइ छ ।

प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आउनुभएको छ । अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उनले बताए ।

प्रतिक्रिया