आईएनएस गोर्खा ब्रुअरी र काल्र्सबर्ग ग्रुपद्वारा स्वच्छ २७औं पोखरा स्ट्रिट फेस्टिभलको लागि विशेष अभियान
काठमाडौं । पोखरालाई नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सम्मान गर्दै, गोर्खा ब्रुअरी र काल्र्सबर्ग ग्रुपले २७ औं पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियानको नेतृत्व गरेको छ । यो अभियान रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि. सँगको सहकार्यमा सञ्चालन गरिएको हो ।
प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखराको पहिचान जोगाउन र पर्यटकको अनुभवलाई सुखद बनाउन सरसफाइ अपरिहार्य छ । ठूला सार्वजनिक महोत्सवहरूमा उल्लेख्य मात्रामा फोहोर संकलन हुने हुनाले सहरलाई सधैं स्वच्छ र स्वागतयोग्य राखिराख्न दिगो फोहोर व्यवस्थापनको आवश्यकता रहन्छ ।
यस पहल अन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोग गर्न मिल्ने फोहोर र सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनहरू प्रदान गरेको छ, जसलाई लेकसाइड क्षेत्रका विभिन्न स्थानहरूमा राखिएको थियो । यसले सर्वसाधारणलाई सही तरिकाले फोहोर विसर्जन गर्न प्रोत्साहित गरेको छ । संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्टले वातावरणीय रूपमा जिम्मेवार ढंगले प्रशोधन गर्ने सुनिश्चितता गरेको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट र बारहरूलाई यस अभियानमा सक्रिय रूपमा सहभागी गराएको छ ।
यस अभियानका बारेमा गोर्खा ब्रुअरीले भनेका छन् ः ‘पोखरा नेपालकै एक स्वच्छ र सुन्दर सहर हो, जसलाई पर्यटक र स्थानीय दुवैले उत्तिकै माया गर्छन्। फोहोर संकलनका लागि डस्टबिनहरू राख्ने यो कार्यले आजको महोत्सव मात्र नभई भविष्यमा पनि स्वच्छ पोखरा निर्माणमा सहयोग पु¥याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ ।’
महोत्सव अवधिभर मात्र सीमित नभई, यो पहललाई पोखरामा जिम्मेवार फोहोर व्यवस्थापनको अभ्यास बलियो बनाउन, जनचेतना जगाउन र दिगो पर्यटनलाई सघाउने एक दीर्घकालीन सहकार्यको रूपमा अघि बढाइएको छ । यो अभियान वातावरणीय दिगोपन र सामुदायिक हितप्रतिको गोर्खा ब्रुअरीको निरन्तर प्रतिबद्धताको प्रतिफल हो, जसले नेपालभरि हुने उत्सवहरूलाई जिम्मेवार रूपमा मनाउन प्रेरणा दिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया