नेप्सेमा सूचक तथा कारोबार रकम दुवै घट्यो

काठमाडौं । नेप्सेको उच्च बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन नौ दशमलव ९३ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने १३ दशमलव ३५ अंकले घटेर २६ सय ३५ दशमलव ९४ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २२ अंकले घटेर चार सय ५५ दशमलव शुन्य एक अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको ७२ हजार चार सय ७४ पटकको कारोबारमा एक करोड छ लाख ३३ हजार सात सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार नौ सय ९१ रुपैंंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा फाइनान्स समूहको सूचक पाँच दशमलव शून्य छ अंकले बढेर २३ सय ९३ दशमलव २३ अंकमा पुगेको छ भने व्यापार समुहको सुचक शुन्य दशमलव २४ अंकले बढेको छ ।
यि बाहेक बाँकी समूहहरुको सूचक भने घटेका छन् । जसमध्ये वाँणिज्य बैंक समूहको सूचक तीन दशमलव ३८ अंकले घटेर १३ सय ७१ दशमलव ७५ अंकमा झरेको छ भने विकास बैंंक समूहको सूचक पनि ४७ दशमलव ४२ अंकले घटेर ५५ सय ६४ दशमलव ९४ अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि २६ दशमलव ८० अंकले घटेर ३३ सय ३८ दशमालव ३५ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि नौ दशमलव ९९ अंकले घटेर १२ हजार आठ सय ७२ दशमलव ५३ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ६५ दशमलव ७० अंकले घटेर १० हजार आठ सय ८४ दशमलव ७२ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः एक सय एक दशमलव शून्य नौ, शून्य दशमलव ५६, एक सय तीन दशमलव २५, २० दशमलव १४, शुन्य दशमलव शून्य छ र १२ दशमलव ६८ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एसवाई प्यानल नेपाल लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि एसवाई प्यानल नेपाल लिमिटेड नै पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया