प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान

नेपालखोज २०८२ पुष २४ गते ८:५३

 काठमाडाैं । सरकारले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।  प्रहरी प्रधान कार्यालयले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ । 

दरखास्त पुस २५ देखि माघ १ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ । 

दरखास्त दिने व्यक्ति १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ ।


 

प्रतिक्रिया