तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने
नेपालखोज
२०८२ पुष २५ गते ६:२८

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहने विभागले बताएको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
सम्बन्धित

प्रतिक्रिया