जेनजी आन्दाेलन : अझै फरार छन् कारागारबाट भागेका २२६ कैदीबन्दी, फरारमध्ये १९ भारतीय नागरिक

नेपालखोज २०८२ पुष २५ गते १५:२६

अत्तरिया (कैलाली) । कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।

कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन् । एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको उनले जानकारी दिए ।

फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेका उहाँले जानकारी दिए । कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए ।

जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया