सशस्त्र प्रहरी अधिकृत र पत्रकारबीच मैत्रीपूर्ण फुटबल
नेपालखोज
२०८२ पुष २६ गते १६:५८

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवस २०८२ का अवसरमा सशस्त्र प्रहरी अधिकृत र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित एपिएफ रङ्गशालामा सम्पन्न उक्त खेलमा सशस्त्र प्रहरीका तर्फबाट तीन र पत्रकारकातर्फबाट एक गोल भएको थियो ।
सशस्त्र प्रहरीका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र पत्रकारका तर्फबाट नेपाल समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दिपक रिजालले टिमको कप्तानी गरेका थिए । फुटबल प्रतियोगितामा सुरक्षा विटमा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
सम्बन्धित

प्रतिक्रिया