विदशी कठपुतली सरकारले गर्ने निर्वान सशक्त वहिस्कार गर्छौ

काठमाडौं । क्रान्तिकारी क्युनिस्ट पार्टीसहिति ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कारमा क्रान्तिकारी युवा सङ्घ नेपालले सक्तत सहभागिता हुने जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिक समेत गरेको हो ।
संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त वहिस्कार गर्ने चेतावनी दिए । तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुद मन्त्री बब्लु गप्ता मार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको बताए ।
१३ दिन हिरासत बसेर भरखरै रिहा भएका संघका सचिवालय सदस्य शंकर शाहीले आफूलाई विनाकारण राज्यले पक्राउ गरेको भन्दै रोश व्यक्त गरे ।
संघका सहसंयोजक दोर्ची शेर्पाले संगठनको ४३ बुँदे मागपत्र पढी सार्वजनिक गरेका थिए भने संघका युवा नेता सोम नगरकोटीले सञ्चालन गरेको कार्यक्रममा क्रान्तिकारी खेलकुद महासंघका केन्द्रीय संयोजक सूर्य भूजेल र क्रान्तिकारी उद्योग तथा बाँणिज्य संघका केन्द्रीय संयोजक शिब धिमालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया