एकता दिवसले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

नेपालखोज २०८२ पुष २७ गते १६:४०

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०४औँ पृथ्वीजन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो देशभक्तिको भावना अझ सबल बनाई सामाजिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले यस दिवसले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमिकता र समृद्धिका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले ऐतिहासिक एकीकरणले तयार गरेका आधारभूमिमा उभिएर हामी आजको सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका बताइन् ।

प्रतिक्रिया