जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
काठमाडौं । जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा शिवलाल थापा मगर संयोजकत्वको जनता समाजवादी पार्टी र मनिष लिम्बूको अध्यक्षतामा रहेको लिम्बूवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको हो ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र लिुम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष लिम्बूू र जनता समाजवादी पार्टीका उपाध्यक्ष मगरले एकतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एकता घोषणा कार्यक्रममा संजोजक दाहालले नेकपा मुलुकको पहिलो शक्ति बन्ने अभियानका साथ अघि बढिरहेको बताए । वामपन्थी शक्तिको एकताबाट मात्रै समाजवादको यात्रा अघि बढाउन सकिने उनको भनाइ थियो ।
सहसंयोजक नेपालले विगतका कमिकमजोरीलाई स्वीकार्दै जनआकाङ्क्षालाई सर्वोपरि राखेर अघि बढ्ने सङ्कल्प राखेकाले देशव्यापीरूपमा नेकपाको लहर चलेको बताए ।

प्रतिक्रिया