लुम्बिनी विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले यही पुस ३० गते बुधबार सम्पन्न सभाले आर्थिक बर्ष २०८२÷८३ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०८२÷८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराई ज्यूको अध्यक्षतामा सम्पन्न १८ आंै वार्षिक साधारण सभामा आ.ब. २०८२÷८३ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया