झिनो अंकले बढ्यो नेप्से, एक दशमलव ५२ अंकले बढ्दा छ अर्ब २० करोडको कारोबार

नेपालखोज २०८२ पुष ३० गते १५:३४

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन चार दशमलव ९० अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने एक दशमलव ५२ अंकले बढेर २६ सय ४१ दशमलव ४३ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव १३ अंकले घटेर चार सय ५४ दशमलव ७३ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ७२ हजार छ सय ७१ पटकको कारोबारमा एक करोड २५ लाख चार हजार नौं सय ७० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब २० करोड ९४ लाख ३८ हजार नौं सय छ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समूहहरुको सूचक बढेको छ । सो मध्ये वाँणिज्य बैंक समूहको सुचक एक दशमलव ११ अंकले घटेर १३ सय ६९ दशमलव ४४ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक दशमलव ३६ अंकले घटेर १२ हजार आठ सय ६७ दशमलव ५४ अंकमा झरेको छ ।

यि बाहेक उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः ३७ दशमलव शुन्य तीन, दुई दशमलव ७४ र तीन दशमलव १६ अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक भने शुन्य दशमलव ८९ अंकले बढेर ५५ सय ७५ दशमलव ८५ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि ६० दशमलव ४४ अंकले बढेर २४ सय २३ दशमलव २६ अंकमा पुगेको छ ।

जलबिद्युत समुहको सुचक पनि दुई दशमलव ५९ अंकले बढेर ३३ सय ८२ दशमलव शुन्य नौं अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ४३ अंकले बढेर १० हजार नौं सय ४९ दशमलव शुन्य दुई अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः २२ दशमलव ४५, शुन्य दशमलव ११ र २५ दशमलव ४८ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुपरमादी हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्सको परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी बिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया