नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

नेपालखोज २०८२ माघ १ गते ६:३२

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएका केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

‘सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु’ निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने ।

सभापतिमा निर्वाचित भएपछि थापाले अहिले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरिरहेकाे छ । यसपछि बाँकी निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया