प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
नेपालखोज
२०८२ माघ १ गते १०:१३

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कार्कीले आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताएका छन् ।
‘आज माघ १ माघी, मकर सङ्क्रान्ति, माघे सकराती, नाम फरक भए पनि यसको आत्मा एउटै छ, ‘प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको शुभकामना भनिएको छ, “हामी नेपालीबीच प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने पर्व हो ।’ -रासस
सम्बन्धित

प्रतिक्रिया