निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई नेता कोइरालाको आग्रह
नेपालखोज
२०८२ माघ ४ गते २०:१४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छन् ।
नेता कोइरालाले आज यहाँ आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुने भन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका हुन् ।
नेता डा कोइरालाले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभए पनि देश र लोकतन्त्र सङ्कटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राखे ।
उनले नेता तथा कार्यकर्तालाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे । पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई अदालतको निर्णय मान्ने हुने नेता कोइरालाको भनाइ थियो ।
सम्बन्धित

प्रतिक्रिया