पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाद्वारा उम्मेदवारी मनोनयन दर्ता

नेपालखोज २०८२ माघ ६ गते १३:५२

झापा । पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए ।

उनको समर्थकमा एकराज कार्की र प्रस्तावकमा चिन्तन पाठक रहेका छन् । यसैगरी पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराए ।

उनले अर्जुनधारा नगरपालिकास्थित–२ नम्बर निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए ।

प्रतिक्रिया