नेपाल बैंकको लिंक एण्ड वीथ ड्र योजना सार्वजनिक

नेपालखोज २०८२ माघ ६ गते १४:४०

काठमाडौं । नेपाल बैंक लिमिटेडले लिंक एण्ड वीथ ड्र योजना सार्वजनिक गरेको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड तथा खल्ती वाई आईएमईको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी लिंक, लोड एण्ड वीथ ड्र, वीन रिवार्डस वाई खल्ती अभियान सञ्चालनमा ल्याएको हो ।

बैकका अनुसार यो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता खल्तीमा लिंक गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई मुभी टिकेट् वा खल्ती प्रो सब्सक्रिसन र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

सो अभियानमा योग्य हुनको लागि खल्ती वालेटमा दर्ता भई केवाईसी द्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता खल्ती वालेटमा लिंक हुनुपर्ने तथा लिंक गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ । यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१(५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।

हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ ।

प्रतिक्रिया