क्यान अध्यक्ष चन्दले गरे बैतडीमा मनोनयन दर्ता

नेपालखोज २०८२ माघ ६ गते १८:४६

दशरथचन्द (बैतडी) । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैतडीबाट मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत रहनुभएका चन्दले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयमा मनोनयन दर्ता गराएका छन् । बैतडीमा नेपाली कांग्रेस आठ वर्षपछि प्रत्यक्ष जनतामाझ जाँदै छ ।

विसं २०७४ को निर्वाचनमा कांग्रेसबाट नरबहादुर चन्द उम्मेदवार थिए भने २०७९ मा माओवादीसँगको गठबन्धनका कारण उम्मेदवार उठाएको थिएन ।

प्रतिक्रिया