निवर्तमान मन्त्री खरेलद्वारा ललितपुर क्षेत्र नं २ मा उम्मेदवारी दर्ता
नेपालखोज
२०८२ माघ ६ गते १९:२६

पाटन (ललितपुर) । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
खरेल गत भदौ २३ र भदौ २४ गतेको गतेको जेनजी आन्दोलनपछि बनेको गैरदलीय नागरिक सरकारमा मन्त्री बन्नुभएको थियो भने सोमबार साँझ मन्त्री पदबाट राजिनामा दिएर चुनावी मैदानमा होमिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया