नेप्से नौ अंकले बढ्दा नौ अर्ब बराबरकै सेयर कारोबार

नेपालखोज २०८२ माघ ८ गते १५:३५

काठमाडौं । नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव ४३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार नौ दशमलव २३ अंकले बढेर २७ सय १४ दशमलव ६१ अंकमा पुगेको छ ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ४७ अंकले घटेर चार सय ६५ दशमलव ४२ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरुको ९४ हजार एक सय ७४ पटकको कारोबारमा एक करोड ९० लाख ७५ हजार सात सय ५६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब सात करोड ३९ लाख ७८ हजार ९८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा तीनवटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् ।

जसमध्ये वाँणिज्य बैंक समूहको सूचक चार दशमलव ३४ अंकले घटेर १३ सय ९१ दशमलव ६६ अंकमा झरेकोमा सामूहिक लगानी कोष र व्यापार समुहको सूचक पनि क्रमशः शून्य दशमलव शून्य एक र ४३ दशमलव ८० अंकले घटेका छन् ।

विकास बैंक समूहको सूचक भने ८७ दशमलव ६६ अंकले बढेर पाँच हजार आठ सय ८४ दशमलव १२ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि ६० दशमलव ६० अंकले बढेर २६ सय चार दशमलव ४६ अंकमा पुगेको छ ।

जलविद्युत समूहको सूचक पनि ३० दशमलव १२ अंकले बढेर ३४ सय ९५ दशमलव ४४ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ९२ अंकले बढेर १३ हजार दुई सय २८ दशमलव ५७ अंकमा पुगेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि २६ दशमलव ७६ अंकले बढेर ११ हजार एक सय ९९ दशमलव ६३ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सूचक पनि क्रमशः ९१ दशमलव ८५, शून्य दशमलव १०, एक सय २३ दशमलव १२, १८ दशमलव ३६ र आठ दशमलव ९० अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एसवाई प्यानल नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका पावर कम्पनी लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया