जिम्बाब्वेविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेपालखोज
२०८२ माघ १० गते १३:५८

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत जिम्बाब्वेविरुद्धको खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तररष्ट्रिय क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर बलिङ रोजेको छ ।
टी–२० विश्वकप छनोटको सुपर सिक्समा पुग्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । सुपर सिक्समा पुग्न नेपालले जितेर मात्र पुग्ने छैन । अन्य खेलको नतिजाको प्रतीक्षा गर्नुपर्ने छ ।
समूह ‘बी’ का यी दुवै टोली अङ्कविहीन छन् । नेपालले २ र जिम्बाब्वेले ३ खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले र नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया