अधिक तरलताको असर : राष्ट्र बैंकले पुन: ६३ दिनको लागि खिच्यो २० अर्ब

नेपालखोज २०८२ माघ १४ गते १५:१५

काठमाडौं । नेपाल राष्ट्र बैकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैंयाँ खिचेको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचेको हो ।

राष्ट्र बैंकका अनुसार अपरान्ह दुई बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुने अवधि ६३ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती चैत्र १८ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री गरिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया