डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढ्याे, पेट्रोल र खाना पकाउने एलपी ग्यासको यथावत्

नेपालखोज २०८२ माघ १७ गते २०:४३

 काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (माघ १८) बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया