वरिष्ठ कलाकार सुनील थापाको निधन

नेपालखोज २०८२ माघ २४ गते ९:२३

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको जनाइएकाे छ । 

शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका छन् । दर्जनौं चलचित्रमा अभिनय गरेका उनी खलपात्रमा पहिलो रोजाईका कलाकार थिए । 

प्रतिक्रिया