बीमा सेवामा हुलाक टिकट टाँस्नुपर्नै व्यवस्था हट्यो

नेपालखोज २०८२ माघ २६ गते १५:१४

काठमाडौं । बीमा सेवामा हुलाक टिकट टाँस्नु पर्ने व्यवस्था हटेको छ ।

नेपाल बीमा प्राधिकरणको नियमन शाखाले सोमबार सम्पुर्ण जीवन बीमकम, सम्पुर्ण निर्जीवन बीमक, सम्पुर्ण लघुबीमक, सुम्पर्ण पुर्नबीमक, सुम्पुर्ण दलाल र सम्पुर्ण मध्यस्तकर्ताको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

यो व्यवस्था अनुसार अबदेखि बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास हटाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

गत मंसिर २९ गते मन्त्रिपरिषदबाट प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको थियो ।

मन्त्रिपरिषदको सोही निर्णय कार्यान्वयन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले बीमकहरुलाई आग्रह गरेको हो ।

प्रतिक्रिया