प्रतिनिधिसभा निर्वाचन : जनशक्ति विवरण संकलन धमाधम
महेन्द्रनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा कर्मचारी (जनशक्ति) परिचालनको गृहकार्य थालिएको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत दिलीप भाटले यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जनशक्ति विवरण बुझाउन थालिएको जानकारी दिए ।
नौ मुख्य निर्वाचन अधिकृत र सात निर्वाचन अधिकृतको कार्यालय रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि तयारी पूरा भइसकेको छ । यहाँ सात हजारभन्दा बढी नेपाल प्रहरी, पाँच हजारभन्दा बढी सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालित हुनेछन् ।
भने सशस्त्र प्रहरी बलले १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन बेशसमेत सञ्चालनमा ल्याएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले पनि निर्वाचनका लागि खटिने जनशक्तिको विवरण सङ्कलन भइरहेको बताए ।
कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा स्वतन्त्रसहित ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया