रामेछापमा बस दुर्घटना, ६ जनाको मृत्यु
नेपालखोज
२०८२ माघ २७ गते १२:४५

रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुई पुरुष र चार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।
रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया