राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

नेपालखोज २०८२ माघ २८ गते १५:४९

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय हुने अवस्थामा पुगेका कतिपय कानुन निर्माणका अवरोध हटाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सदस्यहरूले दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा समयावधि पुगेका सांसदले बिदाइसहित सभाको अनुभव साट्ने क्रममा कानुन निर्माणका अवरोध हटाउनुपर्ने सुझाव दिएका हुन् ।

सांसद देवेन्द्र दाहालले सभालाई विज्ञहरूको सभा बनाउनुपर्ने सुझाव दिए । विज्ञ र बौद्धिक सदस्य छनोट गरेर राजनीतिक दलले सभामा पठाउनुपर्ने धारणा उनले राखेका थिए । संवैधानिक व्यवस्थाबमोजिम छ वर्ष पदावधि पूरा गरी एक तिहाइ सभा सदस्य आगामी फागुन २० गतेदेखि बिदाइ हुन लागेका छन् ।

आगामी फागुन २१ गते १९ जना सभासदस्यको पदावधि समय सकिँदैछ । संसदीय अभ्यासका क्रममा प्राप्त अनुभव साझा गर्ने क्रममा सदस्य गङ्गाकुमारी बेल्वासेले समितिले विभिन्न आवश्यक महत्वका कानुन सम्पादन कार्य भइरहेको र यस क्रममा थुप्रै काम सिक्ने अवसर मिलेको बताए ।

राष्ट्रियसभामा रहेका विधेयकहरू प्रतिनिधिसभा विघटन हुँदा निस्क्रिय हुने अवस्थामा पुगेका भन्दै यो अवस्था उचित नरहेको उनले बताए ।

प्रतिक्रिया