‘बखान’ इतिहास झल्काउने उपन्यास

चितवन । लेखक वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ सामाजिक इतिहासबारे लेखिएको पुस्तक भएको बताइएको छ । नेपाली लेखक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको पाठकसँग लेखक कार्यक्रमका वक्ताहरूले यो पुस्तक पुरानो समाजको इतिहास भएको बताएका हुन् ।
साहित्यकार सुरेन्द्र अस्तफलले चितवनको बस्ती विकासदेखि सहकारी यात्राको विषयमा यस पुस्तकमा समेटिएको बताए । उनले भने, ‘यस पुस्तकले चितवनको इतिहास समेटेको छ ।’
चितवनमा बस्ती विकाससँगै नेपालमा २००७ सालदेखि २०४० सालसम्मका आन्दोलन र भएका उपलब्धिका विषयलाई समेटिएको उनले बताए ।
नेपाली लेखक सङ्घकी अध्यक्ष शान्ति शर्माले चितवनको बारेमा गरिएको अध्ययनका कारण यो उपन्यास सार्थक भएको बताए । कार्यक्रममा लेखक पराजुलीलले यो पुस्तक चितवनको इतिहास भएको बताए । उनले हराएर जान थालेका प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङलाई उपन्यासका माध्यमबाट पुनर्जन्म दिने काम गरेको बताए ।

प्रतिक्रिया