चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने

नेपालखोज २०८२ फागुन ३ गते २०:०८

बेइजिङ । चीनले क्यानडा र बेलायतका साधारण राहधानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागु गर्ने निर्णय गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता आइतबार भने, ‘सीमापारबाट चीनको यात्रालाई थप सहज बनाउन चीनले सन् २०२६ फेब्रुअरी १७ देखि क्यानडा र बेलायतका साधारण राहदानी धारकहरूलाई भिसा–मुक्त नीति विस्तार गर्ने निर्णय गरेको छ ।’

प्रवक्ताका अनुसार यस निर्णयले दुई युरोपेली मुलुकका साधारण राहदानी बाहकलाई व्यापार, पर्यटन, परिवार र साथीको भ्रमण, आदानप्रदान र पारवहन प्रयोजनका लागि चीन प्रवेश गर्न भिसामा छुट दिन र ३० दिनसम्म चीनमा रहन अनुमति दिनेछ । ‘यो नीति सन् २०२६ डिसेम्बर ३१ सम्मका लागि लागू हुनेछ,’ प्रवक्ताले भने ।

प्रतिक्रिया